हङकङमा ३ लाख ४० हजारले निःशुल्क कोरोना परीक्षण गराउँदै, आइतबार १५ संक्रमित थपिए

हङकङमा ३ लाख ४० हजारले निःशुल्क कोरोना परीक्षण गराउँदै, आइतबार १५ संक्रमित थपिए

नेपालखबर
भदौ १४, २०७७ आइतबार १२:१५,

हङकङले शहरका सबै नागरिकको कोरोना परीक्षण गराउने योजना बनाएको छ।

सोही योजना अन्तर्गत ३ लाख ४० हजार व्यक्तिहरु निःशुल्क कोरोना परीक्षणका लागि राजी भएका हुन्।

हङकङमा ७४ लाख नागरिक बस्दछन्। यी सबैको कोरोना परीक्षण सरकारले निशुल्क गर्नेछ। त्यसका लागि नागरिकले आफ्नो नाम स्थानीय प्रशासनकोमा गएर दर्ता गर्नुपर्नेछ।

हालसम्म ६ हजार स्वास्थ्यकर्मीले पनि कोरोना परीक्षणको लागि आफ्नो नाम दर्ता गरेको एससीएमपीले जनाएको छ।

यसैबीच हङकङमा आइतबार १५ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४८ सय २ पुगेको छ।

संक्रमितमध्ये ८८ जनाको मृत्यु भएको छ भने ४३ सय स्वस्थ बनेर घर फर्किसकेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .