हङकङमा उदयबहादुर रानामगर, ल्हासामा नवराज ढकाल महावाणिज्यदूत नियुक्त

हङकङमा उदयबहादुर रानामगर, ल्हासामा नवराज ढकाल महावाणिज्यदूत नियुक्त

नेपालखबर
भदौ १४, २०७७ आइतबार १५:२६,

सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ।

आज आइतबार साँझ बसेको मन्त्री परिषद बैठकले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

रानामगरलाई हङकङ र मकाउ तथा ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

महावाणिज्यदूत नियुक्त गर्ने प्रक्रिया अन्तर्गत दुवै सहसचिवलाई गत मंगलबार परराष्ट्र मन्त्रालय सरुवा गरिएको थियो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालय सरुवा हुनुअघि रानामगर झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गत दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख थिए।

रानामगर र ढकाल दुवै नुवाकोटका बासिन्दा हुन्।

हङकङ र मकाउमा उदयबहादुर रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत भएका छन्।

हङकङमा बसोबास गर्ने बहुसंख्यक नेपाली जनजाति समुदायको रहेकाले त्यही समुदायबाट महावाणिज्यदूत पठाउन नेपाल आदिवासी जनजाति महासंघ हङकङले माग गर्दै आएको थियो।

हङकङ र मकाउ चीनका विशेष प्रशासनिक क्षेत्र हुन् भने ल्हासा तिब्बत स्वशासित क्षेत्रको राजधानी हो।

हङकङमा करिब ४० हजार नेपाली स्थायी रुपमा बसोबास गर्छन् भने मकाउमा चार हजार जति नेपाली कार्यरत छन्। नेपालीका लागि अध्यागमन सेवाका साथै पर्यटन, लगानी र व्यापारका हिसावले नेपालका लागि हङकङ र मकाउको महत्व रहेको छ।

तिब्बतको ल्हासा चीनको एक मात्र यस्तो क्षेत्र हो, जहाँ नेपालको मात्रै महावाणिज्य दूतावास छ। लामो समयदेखि नेपाल र तिब्बतबीच व्यापार हुँदै आएको छ भने ल्हासामै रहेर व्यापार व्यावसाय गर्ने नेपाली पनि प्रशस्तै छन्। तिब्बतको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा ठूलो हिस्सा नेपालले नै ओगटेको छ।

यो पनिः
हङकङ र ल्हासामा महावाणिज्यदूत नियुक्त गर्न रानामगर र ढकाल परराष्ट्र मन्त्रालय सरुवा
हङकङमा जनजाति समुदायबाट पहिलो महावाणिज्यदूत बन्दै उदय रानामगर

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .