हङकङमा जाडोमा हजारको मृत्यु र दशौं हजार संक्रमित बन्ने अनुमान

हङकङमा जाडोमा हजारको मृत्यु र दशौं हजार संक्रमित बन्ने अनुमान

नेपालखबर
असोज २६, २०७७ सोमबार १२:२६,

११ नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँको दुई विद्यालय १४ दिनका लागि बन्द गरिएको एससीएमपीले जनाएको छ।

सोमबार देखिएका संक्रमितमध्ये ५ जना स्थानीयस्तरबाटै संक्रमित बनेका थिए। ट्युन मुनस्थित युथ कलेजका १८ वर्षका विद्यार्थीमा कोरोना देखिएसँगै ट्युन मुनसहित नजिकैको विद्यालय बन्द गरिएको बताइएको छ।

यसैबीच हङकङमा यस वर्षको जाडोमा एक हजारको कोरोनाको कारण मृत्यु हुने अनुमान गरिएको छ।

एक हजारको मृत्युसँगै यहाँ जाडोमा दशौं हजार संक्रमित बन्नसक्ने युनिभर्सिटी अफ हङकङ माइक्रोबायोलोजिस्टका प्राध्यापक तथा सरकारको स्वास्थ सल्लाहकार रहेका युन कोक–युङले बताएका हुन्।

उनले कोरोना परीक्षणलाई तिव्रता दिइनुपर्ने र जाडोमा कोरोनाविरुद्धको उपायलाई अबलम्ब गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबारसम्म हङकङमा कोरोनाबाट ५ हजार १९४ संक्रमित बनिसकेका छन्। संक्रमितमध्ये १०५ को मृत्यु भएको छ भने ४ हजार ९२१ उपचारपछि स्वस्थ बनेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .