मुख्यक्षेत्र चीनमा रहेका हङकङबासी फर्किए क्वारेन्टिनमा बस्नु पर्दैनः क्यारी लाम

मुख्यक्षेत्र चीनमा रहेका हङकङबासी फर्किए क्वारेन्टिनमा बस्नु पर्दैनः क्यारी लाम

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १२:१५,

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले मुख्यक्षेत्र चीनमा रहेका हङकङबासीहरु घर फर्किए उनीहरुले क्वारेन्टिनको नियम पालना गर्नु नपर्ने बताएकी हुन्।

मंगलबार लामले चीनबाट हङकङमा कोरोना संक्रमणका खतरा नभएको उल्लेख गरेको एससीएमपीले जनाएको छ।

सो क्रममा लामले युरोपको बेल्जियम, स्पेन, इटलीबाट हङकङमा कोरोना संक्रमितहरु धेरै भित्रिएको बताएकी थिइन्।

हालसम्म हङकङमा ५३ सय ९ जनामा कोरोना पुष्टि भइसकेको छ। मंगलबार यहाँ ५ नयाँ संक्रमित पनि थपिएका छन्।

संक्रमितमध्ये १०५ को मृत्यु भइसक्दा ५ हजार ५३ उपचारपछि स्वस्थ बनेका छन्। हाल यहाँको सक्रिय संक्रमितको संख्या १५१ हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .