स्वतन्त्र हङकङका अभियन्ता टोनी चुङ गिरफ्तार, अमेरिकी दूतावासमा शरण लिने प्रयासमा थिए

स्वतन्त्र हङकङका अभियन्ता टोनी चुङ गिरफ्तार, अमेरिकी दूतावासमा शरण लिने प्रयासमा थिए

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ७:०,

मंगलबार हङकङस्थित अमेरिकी महावाणिज्य दूतावासमा गएर शरण दाबी गर्ने तयारीमा रहेका टोनीलाई प्रहरीले गिरफ्तार गरेको एससीएमपीले जनाएको छ।

मंगलबार बिहानै गिरफ्तार भएका टोनी गिरफ्तार हुने समयमा अमेरिकी महावाणिज्य दूतावास अगाडिको कफी सपमा बसिरहेका थिए।

उनीसँग उनका २ साथी पनि पक्राउ परेको बताइएको छ। १९ वर्षका टोनी पहिलो चर्चित पात्र हुन् जसलाई नयाँ राष्ट्रिय सुरक्षा कानुन अनुसार पक्राउ गरिएको हो।

हङकङमा गत जुलाईबाट लागू भएको सुरक्षा कानुनअनुसार चीनको विरोध गर्ने र चीनको झण्डा जलाउनेलाई अपराधी करार गरिनेछ।

टोनीले गतवर्ष हङकङलाई चीनबाट अलग्याएर स्वतन्त्र बनाउनु पर्नेभन्दै आवाज उठाएका थिए। उनी मुख्यक्षेत्र चीन र सरकारविरुद्धको आन्दोलनमा होमिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .