हङकङमा बलात्कारीले प्रयोग गर्ने लागूपदार्थसहित ११ गिरफ्तार

हङकङमा बलात्कारीले प्रयोग गर्ने लागूपदार्थसहित ११ गिरफ्तार

नेपालखबर
पुस २३, २०७७ बिहिबार १२:३३,

चीनको ग्वाङदोङ प्रान्तबाट तस्करी गरिएको बलात्कारीले प्रयोग गर्ने लागूपदार्थ अनलाइन सेक्स सपको माध्यमबाट विक्रि गरिएको बताइएको छ।

पक्राउ परेकामध्ये ३ जना हङकङकै बासिन्दा भएको साथै आठ जना मुख्यक्षेत्र चीनको भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

पक्राउ परेकामध्ये ४ जना महिला भएको हुन्।

उनीहरुबाट ७ लाख २४ हजार हङकङ डलर बराबरको लागूपदार्थ भेटिएको बताइएको छ।

Hong Kong police seized about 800 bottles of suspected liquid date-rape drug and impotence medication. Photo: Felix Wong

डेट–रेप ड्रग अर्थात् बलात्कारीले प्रयोग गर्ने यस्ता लागूपदार्थ भर्खरै चिनजान भएका मानिसले बलात्कार गर्नकै लागि पीडितमा प्रयोग गर्ने गर्दछन्।

विशेषत, अन्जान मानिससँग पहिलोपटक डेटमा जाँदा मानिसहरु पीडित बन्ने गरेका छन्।

यस्ता लागूपदार्थले मानिसलाई लठ्याउने र घटना भएपछि पनि के भयो भनेर थाहा नहुने बनाइदिन्छ।

हङकङ प्रहरीका अनुसार मुख्यक्षेत्र चीनबाट त्यस्ता लागूपदार्थ हङकङ, मकाउ र ताइवानमा तस्करी हुँदै आएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .