हङकङमा आफूमाथि कार हुँइक्याउन खोजेपछि प्रहरीले चलाए गोली, कार पल्टियो

हङकङमा आफूमाथि कार हुँइक्याउन खोजेपछि प्रहरीले चलाए गोली, कार पल्टियो

नेपालखबर
माघ २१, २०७७ बुधबार ९:२९,

मंगलबार राति लागूऔषध कारोबारको आशंकामा प्रहरीले एक कारमा खोजतलास गर्न खोजेका थिए।

उत्तरी हङकङको हेङ स्टेट, ताइपो नजिकै कार रोक्न खोजिएको थियो।

तर कार सिधै प्रहरीलाई ठक्कर दिने हिसाबले कुदाइएपछि प्रहरीले कारमा गोली चलाएका थिए।

प्रहरीले गोली चलाएपछि चालकले कारलाई रोक्न खोज्दा कार पल्टिएको थियो। गोलीले कारको झ्याल फुटेको बताइएको छ।

प्रहरी अधिकृत क्वान चुन–हिनका अनुसार उक्त कारमा एक २० वर्षकी महिला पनि थिइन्। उनी सामान्य घाइते भएको बताइएको छ।

यस घटनामा कारका दुई पुरुष र सोही स्थानमा अर्का एक व्यक्तिलाई लागूऔषध तस्कर गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

उनीहरुको साथबाट लागूऔषध पनि बरामद भएको छ। प्रहरीका अनुसार कारमा रहेका दुई पुरुषहरुले अर्का ३१ वर्षका व्यक्तिसँग लागूऔषध कारोबार गर्न खोजिरहेका थिए।

कारलाई रोक्न खोज्दा उनीहरुले भाग्न खोजेका थिए। प्रहरीलाई नै ठक्कर दिन खोजेपछि यस घटना भएको हो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .