हङकङमा बिहिबार ट्रक र रेल ठोक्कियाे, २२ जना घाइते

हङकङमा बिहिबार ट्रक र रेल ठोक्कियाे, २२ जना घाइते

नेपालखबर
माघ २२, २०७७ बिहिबार ८:२७,

दिउँसो १ बजेर १२ मिनेट जाँदा ट्युन मुन क्यासल पिक रोडको ह्युङ सुइ कुई सेक्सनको चुङ युक स्युन स्टेसन नजिकै ट्रक र रेल एक आपसमा ठोक्किएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यस दुर्घटनामा परी २२ जना घाइते भएको प्रहरीले बताएका छन्। १६ महिला र ६ पुरुष घाइते छन्।

यी सबै घाइतेहरु लाइट रेलमा सवार रहेका यात्रुहरु हुन्। हाल उनीहरु सबैको त्युन मुन अस्पताल र तिन सुई वाई अस्पतालमा उपचार भइरहेको छ।

त्यहाँको यातायात विभागका अनुसार यस दुर्घटनासँगै लाइट रेलका रुटहरु एनओएस ६१०, ६१४, ६१५ र ७५१ परिवर्तन गरिएका छन्।

यस घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .