हङकङको सरकार विरोधी प्रदर्शन आइतबार १९ औं हप्तामा प्रवेश गरेको छ। यद्यपी प्रदर्शन रोकिने कुनै संकेत पाउन सकिएको छैन।
आइतबार प्रदर्शनकारीले हङकङको मङ कक, स्योङ क्वान, स्योङ वान, कोलोन बे तथा ताइ पोका विभिन्न मलहरुका सिसा फुटाएको एससीएमपीले जनाएको छ।
यस्तै उनीहरुले त्यहाँका सडक बन्द गरेका छन्। केही स्थानमा रेल सेवाहरु पनि प्रभावित भएको जनाइएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेका छन्।
सुपुर्दगी विधेयकको विषयलाई लिएर सुरुवात भएको आन्दोलन उक्त विधेयक फिर्ता भएपनि रोकिन सकेको छैन।
प्रदर्शनकारीले कार्यकारी प्रमुख क्यारी लाम र हङकङ चीनबाट अझ स्वतन्त्र हुनुपर्ने माग राखेका छन्।
समस्यालाई सुल्झाउन लामले जनतामुखी कार्यक्रम संचालन गरेकी छिन्। कार्यक्रममा सर्वसाधारणको विचार सुन्ने गरिएको छ।
यद्यपी प्रदर्शनकारी क्यारी लामबाट खुशी छैनन्।
प्रतिक्रिया