नेपालबाट चिनियाँ राष्ट्रपति सीको चेतावनीः विखण्डनवादीलाई परास्त गर्छौं

नेपालबाट चिनियाँ राष्ट्रपति सीको चेतावनीः विखण्डनवादीलाई परास्त गर्छौं

नेपालखबर
असोज २७, २०७६ सोमबार ७:२३,

सीले चीन विभाजन गर्ने खोज्ने प्रयासलाई “किचिएका शरीर र भाँच्चिएका हाडहरूमा टुङ्गिने भन्दै कडा चेतावनी दिएका हुन्।

सीले भने,‘यदी चीनको कुनै पनि क्षेत्रमा अलग्गिने भनेर आवाज उठे त्यस्ता प्रयास किचिएका शरीर र भाँच्चिएका हाडमा परिणत हुनेछन्। विखण्डनवादीलाई बाहिरी शक्तिले साथ दिए चीनको नजरमा त्यस्ता मानिस दिउँसै सपना देख्ने मानिस हुन्।’

सीले आइतबार नेपाल भ्रमणका क्रममा यस्तो चेतावनी दिएका हुन्।

उनको यस चेतावनीले हङकङ, दलाई लामा र ताइवानलाई निशाना साँधेको अनुमान गरिएको छ।

हाल हङकङमा सरकार विरोधी प्रदर्शन जारी छ। आइतबारदेखि आन्दोलन १९ औं हप्तामा प्रवेश गरेको छ। हङकङको यस आन्दोलनलाई पश्चिमा राष्ट्रको सहयोग भएको चीनको आरोप रहेको छ।

आइतबार प्रदर्शनकारीले हङकङमा वेलायत र अमेरिकी झण्डा देखाउँदै हङकङ सरकार तथा मुख्य क्षेत्र चीनको विरोध गरेका थिए।

सुपुर्दगी विधेयकको विषयलाई लिएर सुरुवात भएको आन्दोलन उक्त विधेयक फिर्ता भएपनि रोकिन सकेको छैन।

प्रदर्शनकारीले कार्यकारी प्रमुख क्यारी लाम र हङकङ चीनबाट अझ स्वतन्त्र हुनुपर्ने माग राखेका छन्।

समस्यालाई सुल्झाउन लामले जनतामुखी कार्यक्रम संचालन गरेकी छिन्। कार्यक्रममा सर्वसाधारणको विचार सुन्ने गरिएको छ। यद्यपी प्रदर्शनकारी क्यारी लामबाट खुशी छैनन्।

हङकङ चीनको एक देश दुई प्रणाली सिद्धान्तबाट शासित क्षेत्र हो। यद्यपी हङकङमा प्रदर्शनकारीले चीनबाट अलग्गिने बताइरहेका छन्। यसबीचमा सीको कडा चेतावनी आएको हो।

यस्तै तिब्बत पनि चीन प्रशासित क्षेत्र हो। दलाई लामाले तिब्बत चीनबाट अलग्याउने प्रयास गरेका थिए।

Image result for hk protest

नेपालमा सीले विखण्डनबादीलाई परास्त गर्ने भनेर दलाई लामालाई र उनका सहयोगीलाई पनि इंकित गरेको अनुमान गरिएको छ।

सीले नेपाल भ्रमण गर्न अगाडि स्वतन्त्र तिब्बतको पक्षमा रहेका तिब्बती अभियन्ताहरुले आन्दोलन गर्ने भएपछि नेपाल सरकारले प्रदर्शनमा संलग्न हुनसक्ने मानिसहरुलाई नियन्त्रणमा लिएको थियो। यसकारण नेपालमा सीविरुद्ध प्रदर्शन भएको देखिएन।

फुदान विश्वविद्यालयस्थित सेन्टर फर साउथ एसिया स्टडिजका प्राध्यापक लिन मिनवाङ भन्छन्, ‘सीको चेतावनी तिब्बतलाई चीनबाट अलग गर्ने कुनै पनि प्रयासविरुद्धको अडान मात्र होईन, यो हङकङ र ताइवानजस्ता चीनका अन्य घरेलु मुद्दाहरुमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी पनि हो।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .