हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको विमान


नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ८:३४, काठमाडौँ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खसेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उनीहरू ग्राउन्ड स्टाफ थिए।

उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ।

जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।

दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ३:४० बजे भएको हो। 

दुबईबाट हङकङ एमिरेट्सको उडान ईके९७८८ दुर्घटनामा परेको हो।

विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७-४८१ थियो।

दुर्घटनाका विषयमा विमानस्थल प्राधिकरणले सोमबार बिहान १० बजे (स्थानीय समय) पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .