खेल


हङकङ सिक्सेजमा नेपालले शरदको कप्तानीमा खेल्ने, टोलीमा को को?

हङकङ सिक्सेजमा नेपालले शरदको कप्तानीमा खेल्ने, टोलीमा को को?

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८२ आइतबार १४:४५, काठमाडौँ

यस वर्ष हुने हङकङ सिक्सेजमा नेपालले शरद भेषावकरको कप्तानीमा खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ जाने टोली घोषणा गरेको हो। 

यसअनुसार शरदसहित सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, राशिद खान र रुपेश सिंह टोलीमा रहेका छन्। 

हङकङमा प्रत्येक वर्ष हङकङ सिक्सेज आयोजना हुँदै आएको छ। यस वर्ष नोभेम्बर ७ देखि ९ सम्म प्रतियोगिता हुनेछ। 

यो वर्षको खेल टिन कङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ। 

सन् २०२४ को संस्करणमा १२ अन्तर्राष्ट्रिय टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए। त्यसपछि प्लेट, कप र बल नकआउट स्टेजमा खेल खेलाइएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad