नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै जोखिम भएपनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन्।
जेन–जी आन्दोलनपछि सरकार छोडेका उनले पहिलो पटक सम्पादकसँगको संवाद गर्दै सो कुरा गरेका हुन्।
‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ उनले भने, ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिलेपनि त्यसैमा छु।’
जेनजीलाई धोका दिएर विरोध प्रदर्शन हिंसात्मक भएको उनले दाबी गरे।
‘जेनजीले उठाएका जम्मा तीनवटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन,’ ओलीले थपे, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ।’
174
Shares

प्रतिक्रिया