छापा खबर


त्रिविमा २१ अर्ब बेरुजु, १० करोड रुपियाँ कहाँ गयो?

त्रिविमा २१ अर्ब बेरुजु, १० करोड रुपियाँ कहाँ गयो?

नेपालखबर
असोज २९, २०७६ बुधबार १:१७,

त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।

महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।

त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।

‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भने- ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको छ।’

त्रिविले करिब ८५ करोड रुपियाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ। करिब ९ करोड रुपियाँबढी खर्च भएकोमा ७ करोड रुपियाँबराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वराज ढकालले लेखेका छन्।

त्रिविले बेरुजु भएका निकायको आलेप गरेपछि त्रिवि कार्यकारी परिषद्मा पेस गर्ने कार्यकारीले स्वीकृत गरी सम्परीक्षण गर्न महालेखा परीक्षकको कार्यालयमा पठाउने जनाएको छ।

त्रिविको बजेटभन्दा बढी खर्च भएका निकायले करिब १६ अर्ब रुपियाँ बढी खर्च गरी बेरुजु बढाएको रजिस्ट्रार उप्रेतीले बताए। महालेखा परीक्षकको प्रतिवेदनमा तत्काल बेरुजु घटाउन निर्देशन गरिएको बताउँदै उनले बेरुजु सकेसम्म शून्यमा झार्ने दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad