छापा खबर


श्रीमतीको शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा श्रीमानको पनि मृत्यु

श्रीमतीको शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा श्रीमानको पनि मृत्यु

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ०:२५,

श्रीमतीको शव लिएर फर्कंदै गर्दा काभ्रेमा एम्बुलेन्स दुर्घटना भएपछि श्रीमानको पनि मृत्यु भएको छ।

सिरहाको कर्जनाह नगरपालिका ७ की ६० वर्षीया गंगादेवी मृटु सम्बन्धि रोगको बिरामी थिइन्। बिरामी श्रीमतीलाई उपचारको लागि एम्बुलेस मार्फत उनका श्रीमान सोभित साहले काठमाडौंको गंगालाल अस्पताल पुर्याएका थिए।

गंगादेवीलाई अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको अस्पतालले जनाएपछि सोभितले सोही एम्बुलेन्समा शव घर फर्काउँदै थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ लासकोटमा दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका साहलाई थप उपचारको लागि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad