खारेजीमा परेका म्यानपावर कम्पनीले युवासँग पासपोर्ट र लाखौँ रुपैयाँ नगद लिएको पाइएको छ।
पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी युवालाई झुक्याएर राहदानी र रकम लिने गरेका खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
विगतमा बैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्थावमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थालाई वैदेशिक रोजगार विभागले २९ असोजमा सूचना प्रकाशित गरी कारोबार नगर्न निर्देशन दिएको थियो।
सरकारको निर्देशन विपरित कतिपय म्यानपावरले युवासँग नगद र पासपोर्ट लिइरहेका पाइएको हो।
काठमाडौँ महानगरपालिका–४ चप्पलकारखानास्थित सि लिंक ओरसिज प्रालिको इजारतपत्र स्वतः रद्द भएता पनि हालसम्म राहदानी र रकम फिर्ता नगरेपछि विभागले छापा मारेको छ।

प्रतिक्रिया