कुकुर लगाई एक युवतीको बलात्कार गरिएको घटनाबारे मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ।
यसबारे अयोगले बिहीबार नेपालगन्जस्थित क्षेत्रीय कार्यालयलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइसकेको छ।
आयोगको अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका आयुक्त गोविन्द शर्मा पौडेलले भने, ‘घटनामा संलग्न भनिएको चिसापानी ब्यारेकमा पुगेर स्थिति अवलोकन गर्न पनि भनेको छु।’ यो खबर आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन्।
पीडित युवतीले दिएको बयान र २०५८ मंसिर वरपर केन्द्रित रही त्यतिबेला विभिन्न निकायमा अभिलेखमा रहेका कागजात, उजुरी तथा त्यसपछिका उपलब्ध सम्बन्धित विवरण संकलन गरेपछि त्यसका आधारमा थप निर्णय लिइने शर्माले बताए।

प्रतिक्रिया