छापा खबर


लगनखेलको वेलकम क्याफेमा १५ वर्षीया किशोरीलाई बन्धक बनाएर पाँचदिनसम्म बलात्कार

लगनखेलको वेलकम क्याफेमा १५ वर्षीया किशोरीलाई बन्धक बनाएर पाँचदिनसम्म बलात्कार

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १:५२,

ललितपुरको दुर्गम गाउँकी १५ वर्षीया किशोरी सीता (परिवर्तित नाम) लाई लगनखेतको वेलकम क्याफेका सञ्चालकले बन्धक बनाएर बलात्कार गरेका छन्।

माइक्रोबसका चालक र सहचालकमार्फत् क्याफेमा पुगेकी बेसहारा किशोरीलाई क्याफे सञ्चालक ६४ वर्षीय विकास तिमल्सिनाले जागिर दिने प्रलोभनमा बलात्कार गरेका हुन्। तिमल्सिनासहितका व्यक्तिले किशोरीलाई १ कात्तिकदेखि बन्धक बनाएर जबर्जस्ती करणी गरेका खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन्।

समाचारअनुसार विकासपछि क्याफेकै कामदार विशाल तिमल्सिना र चालक सुमन नेपालीबाट पनि उनी बलात्कारको शिकार भइन्।

सञ्चालक तिमल्सिनाले विस्तारै बाहिरी ग्राहकसँग पनि सम्र्क गराउन थाले, दबाब पनि दिए।

मार्नेसम्मको धम्की दिएपछि ती किशोरी जेजे भन्छन्, त्यही त्यही मान्न तयार भइन्।

३ कात्तिकमा क्याफेबाट अर्को होटलका साहुले पनि लगेर बलात्कार गरे।

होटलमा किशोरीमाथि बलात्कार हुँदै गरेको छिमेकका केही व्यक्तिले कात्तिक ५ गते थाहा पाए र महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराए।

वृत्तको टोलीले क्याफेको एक कोठामा किशोरीलार्य भेट्टायो। उनको अबस्था देखेर प्रहरी नै स्तब्ध भयो।

‘होटलको कोठामा बन्धक बनाएर बलात्कार गरिँदै आएको रहेछ,’ वृत्तका डिएसपी गौतम मिश्रले भने, ‘प्रहरी त्यहाँ पुग्दा युवती घाइते थिइन्, हामीले उनलाई पाटन अस्पताल पठायौँ।’

उनका अनुसार अहिले किशोरीको उपचार भइरहेको छ। घटनामा संलग्न तीनजनामाथि मानव बेचबिखन तथा जबर्जस्ती करणी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad