छापा खबर


विभिन्न अभियोग : न्यायाधीशहरूमाथि १०९ उजुरी

विभिन्न अभियोग : न्यायाधीशहरूमाथि १०९ उजुरी

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार २:१०,

विभिन्न अभियोगमा न्यायाधीशहरुमाथि न्यायपरिषद्मा एक सय नौ उजुरी परेको छ।

आजको नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले न्यायाधीशबाट भएका विवादित पाँचवटा फैसलासहितको समाचार लेखेका छन्।

आठ वर्षअघि ‘घ कुमारी’माथि भएको बलात्कारमा बैतडी जिल्ला अदालतले १३ वर्ष जेल सजाय तोकेका अभियुक्तलाई तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले पूर्ण रूपमा निर्दोष ठहर गर्‍यो।

एउटा अदालतबाट १३ वर्ष सजाय पाएका व्यक्ति अर्को अदालतबाट पूर्ण निर्दोष हुनु आश्चर्य हो, फेरि सर्वोच्चले अभियुक्तहरूलाई दोषी ठहर गरेको छ।

घुसकाण्डमा मुछिएका न्यायाधीश छाडिए, कर्मचारी डामिए
सवारी ज्यान मुद्दामा सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसे १७ माघमा रंगेहात पक्राउ परेका थिए ।

उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा घुस लिएको बयान दिएका थिए ।

न्यायपरिषद्मा छानबिन सुरु भएपछि उन्मुक्तिका लागि राजीनामा
तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध न्यायपरिषद्ले नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

छानबिन चलिरहेकै वेला न्यायाधीश उपाध्यायले २ जेठमा राजीनामा दिएका थिए।

३८ क्विन्टल सुनः उच्चका न्यायाधीश कारबाहीमा, तर सर्वोच्चबाट आदेश सदर
३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित आठजना न्यायाधीश अनुसन्धानका लागि न्यायपरिषद् तानिएका थिए ।

जसमध्ये न्यायाधीश उमेशकुमार सिंहलाई परिषद्ले बर्खास्ती गर्‍यो भने न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण र उमेशराज पौड्यालले वैशाखमा अनुसन्धानकै क्रममा रहँदा उमेरहदका कारण अवकाश पाए ।

खासमा सुनका भरियाहरूलाई थुनामा राख्ने र उनीहरूका संरक्षक प्रहरी अधिकारीहरूलाई तारेखमा छाड्ने आदेश दिएको भन्दै न्यायपरिषद्ले न्यायाधीशहरूमाथि कारबाही गरेको थियो । तर, यो मुद्दा सर्वोच्चमा आइसकेपछि पनि उच्च अदालत विराटनगरको आदेश नै सदर भयो ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउन मिलापत्र
सार्वजनिक जग्गा विवादमा मिलापत्र गराएको आरोप लागेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि भने थप अनुसन्धान हुने भएको छ।

चन्द्रागिरि नगरपालिका पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वनको जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषयमा परेको मुद्दामा न्यायाधीश कोइरालाले मिलापत्र गराएको भन्दै छानबिन थालिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad