काठमाडौं महानगरपालिकाले न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने तयारी थालेको छ।
यसका लागि महानगरपालिकाको सहरी योजना आयोगले आवश्यक गृहकार्य गरिरहेको छ।
‘न्युरोड सौन्दर्यकरण योजना’अनुरूप सवारीसाधनमुक्त क्षेत्रका रूपमा विकास गर्न लागिएको आयोगले जनाएको छ। यो खबर आजको नयाँ पत्रिकामा तीर्थराज बस्नेतले लखेका छन्।
‘न्युरोड गेटभित्र सार्वजनिक र निजी दुवै सवारी रोक लगाउने र न्युरोड सौन्दर्यकरण गर्ने योजनाअनुरूप गृहकार्य गरिरहेका छौं,’ आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने।

प्रतिक्रिया