छापा खबर


प्रधानमन्त्रीले भेनेजुयलाका राष्ट्रपतिसँग गरेको भेटवार्ता किन गोप्य?

प्रधानमन्त्रीले भेनेजुयलाका राष्ट्रपतिसँग गरेको भेटवार्ता किन गोप्य?

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १:३३,

गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन्।

‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए। राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने पराराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

भिडियोमा उक्त द्विवसीय भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव शंकरदास वैरागी, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल र न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राई सहभागी भएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad