बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन्।
उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।
उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ। बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए।
भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया