आगामी तीन दिन अर्थात् शनिबारसम्म तराई क्षेत्रसहित देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
आज (बिहीबार) बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार, शुक्रबार र शनिबार पहाडी भेगमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने देखिएको हो।
अहिले (बिहीबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो पनि पहाडी क्षेत्रका आकाशमा थोरै बादल देखिए पनि देशभर मौसम सामान्यतया सफा नै रहने सम्भावना देखिएको छ।
‘अपराह्न वा साँझपख पहाडी भूभागका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ,’ नेपालखबरसँग उनले भने, ‘तराई क्षेत्रमा भने मौसम सफा नै रहने देखिन्छ।’
अहिले बाहिरको कुनै मौसमी प्रणालीको खासै प्रभाव नेपालमा परेको छैन। मौसमविद् अर्यालका अनुसार स्थानीय वायुको प्रभावले पहाडी भेगमा आंशिक बदली हुने भएको हो।
आगामी तीन दिनको मौसम पूर्वानुमान (मौसम पूर्वानुमान महाशाखा)
कार्तिक १४ गते बिहिबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
कार्तिक १५ गते शुक्रबार
दिउँसो : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
राति : देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
कार्तिक १६ गते शनिबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
राति : देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

प्रतिक्रिया