नम्रता श्रेष्ठ कम फिल्म खेल्छिन्।
राम्रै ब्यानर छान्छिन्। तैपनि फिल्म हिट हुन्न।
उनको अभिनयले पनि भनेजस्तो प्रशंसा पाउँछ।
मौन, मेघा, तान्डब, पर्व, क्यासिक, नोभेम्बर रेन लगायत फ्लप फिल्मको सूची लामो छ।
प्रसादले चाहीँ हल्का राहत दियो। कम्तीमा लगानी उठायो।
त्यसपछि उनले सफलताको स्वाद राख्ने अनुमान थियो, जाइराबाट।
यसमा उनको अभिनय मात्र थिएन, लगानी पनि थियो।
एक्सन भूमिकामा थिइन। मनग्गे प्रमोसन गरिन्। तर फिल्मले बक्स अफिसमा पूरापूर घुँडा टेक्यो।
हेर्नेले पनि तारिफ गरेनन्। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।
दोहोरो चोटले हुनुपर्छ, नम्रता नयाँ फिल्ममा अनुबन्ध भएकी छैनन्।
उनी निर्मित सोल सिस्टरले पनि यस्तै नियती झेलेको थियो।
3
Shares

प्रतिक्रिया