सरकारले ओमानसँग श्रम सम्झौतालाई अन्तिम चरणमा पुर्याएको छ।
लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए।
सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरीय श्रम सम्झौता गर्ने लक्ष्य लिएको खबर आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्।
श्रम सम्झौताको लागि नेपालले पठाएको मस्यौदा ओमानबाट आइसकेको छ।
उक्त मस्यौदालाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि दुई देशबीचको श्रम सम्झौता हुने बताइएको छ।
मन्त्रालयले राम्रा श्रम गन्तव्य मुलुक खोजी गर्ने प्रयास जारी रहेको जनाएको छ।
3
Shares

प्रतिक्रिया