छापा खबर


रक्सोल भन्सार बन्द गर्न भारतीयको दबाब

रक्सोल भन्सार बन्द गर्न भारतीयको दबाब

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ०:४०,

भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक गर्ने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि वीरगञ्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ।

भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई छलफल गर्न सबै सरोकारवालालालाई पत्राचार गरेको छ।

यो खबर आजको कारोबार दैनिकमा वीरगञ्जबाट नीरज पिठाकोटेले लेखेका छन्।

भारत सरकारले आईसीपी पूर्ण रुपमा सञ्चालन गरेर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगञ्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्तालाई भने तनाव भएको छ।

इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरु कोइला, जिप्सन, प्लाएस, स्लेग लगायतका मालसामान रक्सोलबाट नै ढुवानी हुँदै आएको छ।

अब यस्ता सामान पनि आईसीपीबाटै आयात गर्नुपर्ने बाध्यात्मक अबस्थाको सिर्जना भएपछि आयातकर्ताहरु चिन्तित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad