भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू गरिएको छ।
सरकार गठनका लागि भएका प्रयसा असफल भएपछि राज्यपाल भगतसिंह कोसियारीले राष्ट्रपति शासनका लागि सिफारिस गरेका थिए।
उनको सिफारिसलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि मंगलबार साँझ राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासन लागू गरेको खबर आजको कान्तिपुरले छापेको छ।
यद्यपि, उक्त निर्णयको महाराष्ट्रको प्रमुख दल शिवसेनाले चर्काे विरोध गरेको छ। शिवसेनाले राष्ट्रपतीय शासनविरुद्ध मंगलबार नै सर्वाेच्च अदालतमा रिट दायर गरेको छ।

प्रतिक्रिया