छापा खबर


नेपालमा निरन्तर घट्दैछ विजुलीको माग

 नेपालमा निरन्तर घट्दैछ विजुलीको माग

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार २:११,

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २११८४ मेगावाट आवर आर्थात् १९६९ मेगावाटमात्र थियो।

तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युतको माग २२२५ मेगावाट हुनुपर्ने हो।

एकाध वर्षमा पुसको दोस्रो तेस्रो साता विद्युत् माग वर्षभरीकै उच्च हुने गरे पनि अधिकांश वर्ष लक्ष्मीपूजाकै दिन सबैभन्दा बढी हुन्छ।

तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाट मात्र थियो। यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी विगत केही वर्षयता नेपालमा विजुलीको माग निरन्तर घट्दै गएको बताउँछन्।

नौ वर्षपछि अर्तात् २०८५ भित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पुर्याउने लक्ष्य राखिए पनि विद्युत्को माग निरन्तर घटेपछि यसले विद्युत् खपत सबैभन्दा चुनौतिपूर्ण बन्न थालेको छ।

प्राधिकरणको प्रक्षेपणअनुसार प्रत्येक वर्ष विद्युत् माग १० प्रतिशतले बढ्नुपर्ने हो, तर उल्टै घट्न थालेपछि यसले विद्युत् प्राधिकरणलाई मात्र होइन, निजी क्षेत्रमा समेत अन्योल बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad