समाज


नेपाल पस्यो पश्चिमी वायु, बिहानैदेखि प्रभाव सुरु

नेपाल पस्यो पश्चिमी वायु, बिहानैदेखि प्रभाव सुरु

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार २:१०,

केही दिन सामान्य रहेको नेपालकाे मौसम आज (बुधबार)देखि बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार नेपालको सुदूरपश्चिबाट पश्चिमी वायु प्रवेश गरेकाले बिहानैदेखि त्यसको प्रभाव सुरु भएको हो।

अहिले पश्चिमी वायुको प्रभाव विशेषगरी सुदूरपश्चिममा परेको र त्यसले त्यस क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली गराएको उनले बताए।

साथै मध्य र पूर्वका पहाडी भेगमा पनि अहिले आंशिक बदली छ। यी क्षेत्रकाे बदली पश्चिमी वायुका साथै स्थानीय वायुकाे प्रभावले भएकाे उनले बताए। 

‘आज रातिदेखि भोलिसम्ममा सुदूरपश्चिमका उच्च हिमाली भेगका एक/दुई स्थानमा हिमपात हुने सम्भावना छ,’ वरिष्ठ मौसविद् पौडेलले नेपालखबरसँग भने, ‘साथै पूर्वका पनि उच्च हिमाली भेगका एक/दुई ठाउँमा हिमपात हुन सक्छ।’

उनका अनुसार सुदूरपश्चिमका दार्चुला, हुम्ला, डोल्पालगायत आसापसका उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ। यसले चिसो बढाउन सक्ने उनले बताए।

‘यद्यपि यो त्यति बलियो खालको प्रणाली होइन,’ उनले भने, ‘अहिले नेपाल छिरेको पश्चिमी वायुको एउटा कमजोर किसिमको निम्न चापीय प्रणाली हो, त्यसैले यसले त्यति धेरै ठूलो प्रभाव पार्दैन।’

यसको प्रभाव भोलिसम्म रहने र शुक्रबारबाट मौसम खुल्दै जाने मौसमविद् पौडेलको अनुमान छ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको ३ दिनसम्मको मौसमी अनुमान :

कार्तिक २७ गते (बुधबार)
दिउँसो:  देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा आंशिक वदलि रही बाँकि भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।

राति :  देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको  १/२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कार्तिक २८  गते (बिहिबार)
दिउँसो :  देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा  मध्य र  पूर्वी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको  १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पश्चिमी भू-भागमा सामान्य बदली तथा मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका  १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कार्तिक २९  गते (शुक्रबार)
दिउँसो स्  देशको पश्चिमी भूभागमा सामान्य बदलि रही मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रहने छ।
राति स्   देशको  पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad