काठमाडौँ महानगरपालिका-७, चाबहिलस्थित कुमारीगालमा चारतले घरको छतबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।
सोमबार छतबाट खसेका ४९ वर्षीय नवीन अग्रवालको उपचारका क्रममा सोमबारनै मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार अग्रवालको शव मंगलबार परिवारको जिम्मा लगाएर अन्तिम संस्कार पनि भइसकेको छ।
घटना शंकास्पद नदेखिएको भन्दै अनुसन्धान भने जारी रहेको एसपी भट्टराईले नेपालखबरसँग बताए। उनका अनुसार अग्रवाल डिप्रेसनको बिरामी भएको र लामो समयदेखि औषधि प्रयोग गरिरहेको परिवारले प्रहरीलाई बताएको छ।
30
Shares

प्रतिक्रिया