समाज


यी हुन् चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘सर्टलिस्ट’मा परेका १२ जना (नामावली)

यी हुन् चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘सर्टलिस्ट’मा परेका १२ जना (नामावली)

नेपालखबर
साउन ६, २०८३ बुधबार ११:४७, काठमाडौँ

चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशित भएको छ। 

आयोगले आज १२ जनाको नाम सर्वजनिक गर्दै उनीहरूकाको लागि यही साउन ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ता राखिएको जनाएको छ। 

बर्दियाका प्राडा दयाराम पोखरेल, काठमाडौँका प्राडा दिपेन्द्रबहादुर श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा  सञ्जयकुमार श्रैष्ठ र प्राडा सुरज बज्राचार्य, भक्तपुरका प्राडा दिलिप शर्मा र प्राडा सन्ध्या चापागाईँ आचार्य, महोत्तरीका प्राडा विनोदकुमार यादव, ललितपुरका प्राडा मृगेन्द्र अमात्य, प्राडा सैलेश प्रधान, रविन्द्रमान श्रेष्ठ र विष्णु प्रसाद शर्मा रहेका छन्। 

सर्टलिस्टमा परेकाहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा हुने छ। 

आयोगको निर्देशकका लागि गएको असार २६ गते दरखास्त आह्वान भएको थियो। 

दरखास्त पेश गर्ने उम्मेदवारहरूले चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोटसम्बन्धी कार्यविधि, २०८३ बमोजिम चिकित्सा शिक्षा आयोगको निर्देशनालय र बोर्डको कामसँग सम्बन्धित दक्षता र सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल र व्यावसायिकता प्रदर्शन गरे बापतको प्राप्ताङ्क, कार्य अनुभव वापतको प्राप्ताङ्क र सोचपत्रको मूल्याङ्कन वापतको प्राप्ता‌ङ्कको कुल प्राप्ता‌ङ्कमा सबैभन्दा वढी अङ्क प्राप्त गर्ने १२ जना सर्टलिस्टमा परेका सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad