समाज


बुटवलबाट रिभल्वर र गोलीसहित एक व्यक्ति पक्राउ

बुटवलबाट रिभल्वर र गोलीसहित एक व्यक्ति पक्राउ

नेपालखबर
साउन ६, २०८३ बुधबार २१:४, काठमाडौँ

रुपन्देहीको बुटवल उप–महानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रबाट हतियारसहित एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ बस्ने वर्ष २६ को रेशम तुङसिङ मगर रहेका प्रहरीले जनाएको छ।

शंकास्पद रुपमा हिँडडुल गरीरहेका उनलाई खानतलासी गर्दा उनको साथबाट रिभल्वरको गोली थान–१ फेला परेको थियो। 

प्रारम्भिक अनुसन्धान पश्चात उनको घर ठेगानाबाट एउटा रिभल्वर र त्यसमा लाग्ने पाँचवटा गोली समेत बरामद भएको हो। 

पक्राउ परेका मगरलाई हातहतियार खरखजना मुद्दामा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad