जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ बस्ने सिबी लामा भनिने चन्द्रबहादुर तामाङ रहेका छन्।
गतवर्ष २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका तामाङलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको छ।
75
Shares

प्रतिक्रिया