निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार नियुक्त भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै परियारलाई नियुक्त गरिएको जानकारी दिएको हो।
रिक्त कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले असार ५ गते आवेदन आह्वान गरेको थियो।
अस्पताल विकास समितिले योग्यता क्रमको पहिलो नम्बरमा रहेका परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया