समाज


तीव्र गतिको ट्रक घरमा ठोकिँदा १ जनाको मृत्यु, अर्का घाइते

तीव्र गतिको ट्रक घरमा ठोकिँदा १ जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
साउन ५, २०८३ मंगलबार ८:४५, बारा

बारामा तीव्र गतिको ट्रक व्यक्तिको घरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। अन्य एक जना घाइते भएका छन्। 

कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। 

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनि ट्रक अचानक अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्रकमा सवार जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी करिब ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन्। 

उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। 

प्रहरीले ट्रक चालक रौतहट जिल्ला गुजरा नगरपालिका–९ सिमरा भवानिपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। 

ट्रकको ठक्करबाट घरको एक साइडको पर्खाल भत्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad