समाज


यी ६ प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना

यी ६ प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना

नेपालखबर
साउन ५, २०८३ मंगलबार ६:४५, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६:२५ बजे जारी गरेको सूचनाअनुसार यतिबेला कोसी, बागमती, गण्डकी प्रदेशका केही स्थान साथै कर्णाली प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ।

गएको २४ घण्टामा सबैभन्दा बढी पानी झापा जिल्लाको अनारमनी बिर्तामा ९१.२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाले जनाएको छ। 

मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी  र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

यसैबिच आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मध्यम वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले (मंगलबार बिहान ७:१० बजे) पनि चाँगुनारायण क्षेत्रतिर हल्का वर्षा भइरहेको छ।

'तर हाललाई पानी पर्न रोकिने सम्भावना छ', उनले नेपालखबरसँग भने, 'तर दिउँसो फेरि वर्षा सुरु हुने सम्भावना छ।' 

त्यसअघि काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादल हुने सम्भावना रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad