छापा खबर


बालकक्षा शिक्षकको तलब अब दोब्बर

बालकक्षा शिक्षकको तलब अब दोब्बर

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ०:५४,

सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ।

उनीहरूले मासिक ६ हजार रुपैयाँ मात्र पाउँदै आएकामा हालै सार्वजनिक राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ। यो खबर आजको कान्तिपुरमा गणेश राईले लखेका छन्।

श्रम ऐनमा न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० तोकिएको छ।

शिक्षा नीतिले प्रारम्भिक बालकक्षा पढाउने शिक्षकको योग्यता एसईई पास तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad