सरकारले आम्दानीका आधारमा आकर्षक रोजगार गन्तव्य मुलुक खोजी गरिरहेको छ। तर, रोजगारदाता मुलुकको माग अनुसार नेपालमा दक्ष जनशक्तिको भने चरम अभाव छ।
आम्दानीका आधारमा आकर्षक रोगजार गन्तव्य मानिएका जापान, कोरिया र इजरायलसँग रोजगारीका लागि विभिन्न सम्झौता गरे पनि विश्व बजारको मागअनुसार नेपालले श्रमिक उत्पादन गर्न सकेको छैन।
यसले नेपाली श्रमिकले अपेक्षाकृत रोजगारी नपाउने अवस्था सिर्जना भएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
सरकारले गत वर्ष जापानसँग श्रम समझदारी (एमओसी) गरे पनि उसले खोजेजस्तो श्रमिक नेपालमा न्युन मात्रामा छन्।
जापानले भाषा परीक्षा प्रक्रियागत रुपमा सुरु गरे पनि सीपलाई पहिलो र भाषालाई दोश्रो प्राथमिकतामा राखेर नेपाली कामदार लैजाने योजना बनाउदै आएको छ।
नेपालले भने सो अनुसार तयारी गरेको छैन।

प्रतिक्रिया