खेल


क्यानडाको डढेलोबाट निस्केको धुवाँले विश्वकप फाइनलमा असर गर्ने सम्भावना

क्यानडाको डढेलोबाट निस्केको धुवाँले विश्वकप फाइनलमा असर गर्ने सम्भावना

नेपालखबर
साउन २, २०८३ शनिबार २१:३४, ब्रसेल्स

क्यानडाको जंगलको ठुलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तरपूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ।

यस धुवाँले फिफा विश्वकपको फाइनल खेल हुने क्षेत्रमा पुग्ने सम्भावना रहेको युरोपेली संघको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले शुक्रबार बताएको छ।

क्याम्सले जनाएअनुसार धुवाँले न्युयोर्क, फिलाडेल्फिया र न्यू जर्सीका सहरहरूमा हावाको गुणस्तर अत्यन्त खराब बनाएको चेतावनी जारी गरिसकेको छ।

न्यु जर्सीमा आगामी सोमबार विश्वकप फाइनल आयोजना हुँदै छ।

क्याम्सले जुनको अन्त्यदेखि क्यानडामा तीव्र रूपमा बढ्दो डढेलोको मौसमलाई निगरानी गरिरहेको छ।

जुलाई १३ मा उत्तरपश्चिमी ओन्टारियोमा करिब ५०० किलोमिटर लामो क्षेत्रमा फैलिएको डढेलो यो वर्षको हालसम्मकै उच्च क्षेत्रमा फैलिएको डढेलो हो।

क्याम्सका अनुसार यी विभिन्न स्थानका डढेलोले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक धुलो र धुवाँको कण (पीएम २.५) र अन्य विषाक्त पदार्थको मात्रा बढाइरहेका छन्।

क्याम्सका वरिष्ठ वैज्ञानिक मार्क पारिङटनले भने, ‘हाम्रो अनुमानले धुवाँ उत्तर अटलान्टिक पार गर्दै पूर्वतिर सर्दै गएको देखाउँछ र युरोपतिर पनि पुग्न सक्छ। यसले डढेलोले कसरी हजारौँ किलोमिटर टाढासम्म हावाको गुणस्तर प्रभावित पार्न सक्छ भन्ने देखाउँछ।’

धुवाँको मुस्लो आर्कटिक महासागर र क्यानडाका अन्य भागहरूमा पनि फैलिरहेको पारिङटनले बताए। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad