नेपाल भलिबल लिग (एनभीएल)का लागि ६ वटै टोलीको मार्की प्लेयर घोषणा गरिएको छ।
एनभीएलमा प्रतिस्पर्धा गर्ने ६ वटा टोलीमध्ये सगरमाथा स्म्यासर्सका हरिहजुर थापा, मधेश वारियर्सका रविन नगरकोटी, काठमाडौं रेड्सका सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किंग्सका हिमाल सुनारी, कर्णाली शिवराजका पहल गहतराज र खप्तड फाल्कन्सका धिरोज बस्नेत मार्की प्लेयर घोषणा भएका हुन्।
यसअघि एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक गरिएको थियो।
त्यस्तै टिकेटिङ पार्टनरमा आईएमई खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसँग सम्झौता भइसकेको एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले जानकारी दिए।
केडिया ग्रुपको आयोजनामा ‘उचाईको नयाँ उडान’ नारा साथ नेपालमै पहिलोपटक पुरुष भलिबलको फ्रेन्चाइज लिग हुँदै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म एनभीएल चल्नेछ।
Shares

प्रतिक्रिया