विश्वकप फुटबलको सेमिफाइनल खेलका क्रममा फकल्यान्ड द्वीपसम्बन्धी ब्यानर प्रदर्शन गरिएपछि उत्पन्न विवादमा अमेरिकाले अर्जेन्टिनाको समर्थन गरेको छ।
गत बिहीबार बिहान इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीले मैदानमै ‘माल्भिनास (जसलाई फकल्यान्ड द्वीप भनेर पनि चिनिन्छ) अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। जसलाई फिफाको नियम उल्लंघन मानिएको छ र अर्जेन्टिनको टोलीलाई अनुशासनको कारबाही गरिनुपर्ने आवाज उठेको छ।
यसैबिच अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अर्जेन्टिनी फुटबल टोलीको बचाउ गर्दै खेलाडीहरूलाई संयुक्त राज्य अमेरिकामा त्यस्तो अभिव्यक्ति दिने अधिकार रहेको बताएको हो।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ह्वाइट हाउस फिफा टास्क फोर्सका प्रमुख एन्ड्रयु गिउलियानीले भने, ‘टोलीसँग संयुक्त राज्य अमेरिकामा यस्तो अभिव्यक्ति दिने अवसर र अधिकार छ।’
उनले अमेरिकी संविधानको पहिलो संशोधनलाई उद्धृत गर्दै थपे, ‘हामी हाम्रो पहिलो संशोधनअन्तर्गत संयुक्त राज्य अमेरिकामा हामीलाई प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा विश्वास गर्छौं।’
गिउलियानीको भनाइले विवादलाई अझ तीव्र बनाउन सक्छ।
यसैबिच बेलायतको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले पनि फिफाले सम्पूर्ण विषयमा अनुसन्धान गर्नुपर्ने मागलाई समर्थन गरेको छ।
दक्षिणपश्चिम एट्लान्टिक महासागरमा अवस्थित फकल्यान्ड द्वीप बेलायतको नियन्त्रणमा छ। तर यसको सार्वभौमिकताका विषयमा बेलायत र अर्जेन्टिनाबिच लामो समयदेखि विवाद छ।
Shares

प्रतिक्रिया