ad ad

छापा खबर


झापाको कुकुर बनेपामा लगेर उपचार, खर्च एक लाख

झापाको कुकुर बनेपामा लगेर उपचार, खर्च एक लाख

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०७८ सोमबार ७:१८, काठमाडौँ

कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। 

झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन्। 

झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको कुकुरको उपचार गराउन झापाबाट बनेपा ल्याउने गरेका खबर आजको गोरखापत्र दैनिकले छापेको छ। 

सामान्य बिरामी परेमा पशु प्राविधिकसँग फोनबाटै परामर्श लिने गरे पनि पशु अस्पतालमा राखेर उपचार गराउनु परे पहिला पनि बस्नेतले कुकुर काठमाडौं ल्याउने गरेका थिए। नियमित उपचार गराउने पेट केयरको शाखा बनेपामा नै भएकाले केही महिनादेखि भने उनले कुकुरको नियमित स्वास्थ्य परीक्षण बनेपाबाटै गराउन थालेका हुन्।

घरमा पालेको डोबरम्यान जातिको कुकुर दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते भएपछि बस्नेतले बनेपा ल्याएका हुन्। उपचार प्रक्रिया आजसम्म जारी छ। 

ठक्करबाट कुकुरको पछाडिको खुट्टाको हड्डी भाँचिएको थियो । कुकुर घाइते भएपछि  बस्नेतले सुरुवाती उपचार झापामै गराएका थिए। झापामा थप उपचार सम्भव नदेखेपछि उनले कुकुरको उपचार गराउन बनेपामा ल्याएका हुन्।

डुर्नो नामकरण गरिएको कुकुरको खुट्टाको एक्स–रेमा हड्डीको शल्यक्रिया गर्नुपर्ने देखिएपछि अहिले काभ्रेपलाञ्चोकको बनेपामा रहेको बनेपा पेट कियरमा राखेर उउपचार भइरहेको छ।

कुकुरको उपचारमा अहिलेसम्म एक लाख रुपियाँभन्दा बढी रकम खर्च भएको बस्नेतले बताए। दुई महिनादेखि निरन्तर अस्पताल भर्ना गराएर उपचार गराउँदा निकै खर्च भएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .