ad ad

छापा खबर


ओलीसँग नजिकिए पनि गठबन्धन भत्काउन चाहँदैनन् देउवा, यस्तो छ उनको रणनीति

ओलीसँग नजिकिए पनि गठबन्धन भत्काउन चाहँदैनन् देउवा, यस्तो छ उनको रणनीति

नेपालखबर
फागुन १४, २०७८ शनिबार ७:३८, काठमाडौँ

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ। 

विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको खबर आजको राजधानी दैनिकले छापेको छ।

प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ । तर, सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाले सो दल र तिनका नेताहरूलाई एमसीसीको पक्षमा पार्न प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष ओलीसँग निकटता देखाउन थालेका हुन्। 

प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै तीन दिनदेखि ओलीसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरिरहेको बताइएको छ। 

गत दुई दिनको बीचमा देउवाले ओलीसँग तीनपटक वान टु वान वार्ता गरिसकेका छन् भने आपूmनिकट नेताहरूसहित एमालेका अध्यक्ष ओलीसहित अन्य नेतासँग पनि तीनपटकसम्म छलफल गरिसकेका छन् ।

तीनपटकसम्म छलफल गर्दा पनि उनीहरू बीच कुनै सहमति भने जुट्न सकेको छैन । यही दुई दिनको बीचमा देउवाले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपाललाई पनि लगातार भेट्दै आइरहेका छन्। 

स्रोतका अनुसार एमाले अध्यक्ष ओली सत्तागठबन्धन भत्काउने दाउमा छन्। त्यसैले पनि उनले एमसीसीमा आवश्यक सहयोग गर्न सकिने आश्वासन देउवालाई दिएका छन् । त्यसका लागि ओलीले संसद्मा आपूmहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनले माग गरेको उपयुक्त वातावरण भनेको सभामुखको राजीनामा वा उनीमाथि महाअभियोग लगाएर हटाउनु हो।

यसैगरी ओलीले समाजवादीका १४ सांसदलाई हटाउनुपर्ने सर्त राखेका छन् । ओलीका यी सर्त पूरा गर्न देउवालाई निकै कठिन भएकाले उनी गठबन्धनलाई नै फकाएर वा गलाएर एमसीसी पारित गराउने सुरमा रहेको स्रोतको भनाइ छ । शुक्रबार गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रमुख नेताहरू एमसीसीप्रति केही सकारात्मक देखिएका छन्।

सत्ताको प्रमुख दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएमा आपूmहरूको राजनीतिक अस्तित्व सकिने भयले उनीहरू त्यसलाई रोक्न एमसीसीमा सहमतिनजिक पुग्न थालेको स्रोतको दाबी छ । देउवाले लगातार ओलीलाई भेट्न थालेपछि प्रचण्ड नेपाल दुवै जना आत्तिन थालेका छन् र देउवा ओलीको नयाँ गठबन्धन बन्न नदिन उनीहरूले एमसीसी पास गराउने कार्यमा समेत वैकल्पिक उपायको खोजी गर्न थालेका छन्।

स्रोतका अनुसार प्रचण्ड र नेपाल दुवैले देउवालाई एमसीसी सदनबाट पारित गराउन आपूmहरूले अदृश्य भूमिका खेल्ने र सो भूमिका सफल हुने भन्दै देउवालाई आश्वस्त पारेका छन्।यद्यपि, देउवा उनीहरूसँग आश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले देउवाले प्रचण्ड र नेपाललाई गलाउन अझै ओली र एमाले नेताहरूलाई भेट्ने शृंखलालाई जारी राख्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .