छापा खबर


मन्त्रिपरिषद् आंशिक फेरबदल हुने

मन्त्रिपरिषद् आंशिक फेरबदल हुने

नेपालखबर
मंसिर १, २०७६ आइतबार २३:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन कमजोर हरेका केही मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरु मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका एक सदस्यले जानकारी दिए।

यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो, तर आज (आइतबार) कार्यसम्पानका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ,’ ती सदस्यले भने, ‘अरु त प्रधानन्त्रीको अधिकार हो, हरौँ के गर्नुहुन्छ।’

भ्रष्टाचार गर्ने, राम्रो कार्यसम्पादन नगर्ने, आफ्नोमात्रै स्वार्थ हेर्नेहरुलाई बिदाइ गर्नुपर्यो, राम्रा, कबिल र गतिशील साथीहरुलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्यो भनेर बैठकमा प्रधानमन्त्रीलाई सुझाब दिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .