छापा खबर


आलमको त्रास : मुद्दा चलाउने सरकारी वकिल रौतहटबाट मकवानपुर सरुवा

आलमको त्रास : मुद्दा चलाउने सरकारी वकिल रौतहटबाट मकवानपुर सरुवा

नेपालखबर
मंसिर १, २०७६ आइतबार २३:५७,

आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्म आफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ।

आइतबार उनको सरुवा भएको खबर आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले लेखेका छन्। असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए।

आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौँ आएका थिए।

मकवानपुर जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्टले केही दिनपछि नै अनिवार्य अवकाश पाउन लागेकाले रिक्त स्थानमा कटवाललाई सरुवा गरिएको हो।

पीडितको मुद्दा लिन नमान्ने रौतहटका तत्कालिन सरकारी वकिल ध्रुवमणि ज्ञवालीलाई भने वीरगञ्जबाट सुर्खेत सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .