ad ad

छापा खबर


होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी

होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७८ बुधबार ६:२९, काठमाडौँ

होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ। 

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख तथा महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिए।

रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी उनले दिए।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष राठौरले काठमाडौँमा एक हजार सात सय, ललितपुरमा छ सय र भक्तपुरमा चार सय जना सुरक्षाकर्मी खटाइएको बताए। 

६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ। सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .