छापा खबर


घर मालिक दलित भएको थाहा पाएपछि पूजा लगाउन गएका पुरेत भागे

घर मालिक दलित भएको थाहा पाएपछि पूजा लगाउन गएका पुरेत भागे

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १:२३,

कपिलवस्तुको शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन्।

चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कपिलबस्तुबाट गोपाल भण्डारीले लेखेका छन्।

पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो।

पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए । तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएका छन्।

पूजा गर्न आएका पूजारी मण्डपबाट भागेपछि पूजाको कार्यक्रम एक घण्टा रोकिएको थियो । पूर्व निर्धारित निमन्त्रणा गरिएका पूजारीहरुल भीमप्रसाद र गोविन्द भागेपछि अर्को पूजारी बोलाइ पूजा कार्य अघि बढाइएको थियो।

दलित भएकै कारण आफूहरुमाथि पूजारीबाट भएको यो हर्कतले निकै दुखी भएको मिलनले प्रतिक्रिया दिए। ‘जातीय छुवाछुतको आधारमा ममाथि भएको यस्तो घटना विरुद्धमा म कानुनी उपचारका लागि अघि बढ्छु,’ उनले भने।

घटना शनिबारको भए पनि गोप्य राखिएको यो घटना मंगलबार मात्रै बाहिरिएको हो । चन्द्रौटाका राजनीतिक दलका स्थानीय नेताहरु र अगुवाले घटनालाई साम्य पार्न घटना गुपचुप नै राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad