ad ad

छापा खबर


नेपालमा थपियो डेढसय मेगावाट विजुली

नेपालमा थपियो डेढसय मेगावाट विजुली

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १:१४,

चालु आर्थिक वर्षको चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरु राष्ट्रिय प्रणालीमा जोडिएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्राधिकरण अन्तर्गतका २ र निजी क्षेत्रका ६ वटा गरी ८ वटा विद्युत् आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

प्राधिकरण अन्तर्गतका आयोजनाको जडित क्षमता ७४ मेगावाट छ भने निजी क्षेत्रका आयोजनाको जडित क्षमता ७३ दशमलव ५ मेगावाट छ।

यो अबधिमा विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तिय प्रगति १०२ प्रतिशत भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .