छापा खबर


आकासियो अण्डा र मासुको मूल्य, कति बढ्याे?

आकासियो अण्डा र मासुको मूल्य, कति बढ्याे?

नेपालखबर
पुस ९, २०७६ बुधबार १:४९,

ह्याचरी उद्योगीले गरको आन्दोलनलगत्तै बजारमा ब्रोइलरकाे मासुको मूल्य आकासिएको छ।

मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्य वृद्धि गरेका छन्।

नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।

बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा व्यवसायी संघको भनाइ छ।

माग बढेपछि मूल्य वृद्धि हुनु स्वाभाविक भएको संघका अध्यक्ष गंगाबहादुर बीसीले बताए। ‘१० दिनको अवधिमा करिब ४० लाख चल्ला मरेका छन्। ह्याचारी व्यवसायीको आन्दोलनले पनि मूल्यमा असर परेको देखिन्छ,’ उनले भने।

ह्याचरी उद्यमीको राष्ट्रिय भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ गतेसम्म नष्ट गर्ने निर्णय गरेको थियो।

मंसिर २९ देखि पुस ८ गतेसम्म कुनै पनि ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए। यसो गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए। त्यसलगत्तै बजारमा कुखुराको मासु महँगिएको हो।

चार दिनअघि ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रहेको संघका अध्यक्ष बीसीले जानकारी दिए। खुद्रा बजारमा भने प्रतिकिलो २६० रुपैयाँमा बिक्री भएको थियो।

आन्दोलनलगत्तै संघले प्रतिकिलो २७० रुपैयाँ निर्धारण गरेको थियो। बजारमा भने २८० रुपैयाँमा बिक्री भएको थियो। संघले अहिले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad