छापा खबर


समाजवादी बाहिरिएपछि राजपालाई भित्र्याउने तयारीमा ओली सरकार

समाजवादी बाहिरिएपछि राजपालाई भित्र्याउने तयारीमा ओली सरकार

नेपालखबर
पुस ९, २०७६ बुधबार १:२३,

सरकारले राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा सहभागी गराउने संकेत गरेको छ।

कान्तिपुरसँगको कुराकानीमा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले त्यसको संकेत गरे।

‘राजपाका लागि सरकारमा आउने मूल ढोका खुला छ, स्वागत गर्न रातो कार्पेट हाजिर छ,’ उनले भने, ‘त्यसका लागि छलफल पनि गरिरहेका छौं।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ।

उनले राष्ट्रिय सभा सदस्य चुनावका लागि भएको सहमतिले सहमतिका अरू सम्भावनाको पनि संकेत गरेको बताए। ‘हामी राजपालाई स्वागत गर्न सधैं तयार छौं, अरू निर्णयमा उसैको सार्वभौमिक अधिकार हुनेछ,’ बाँस्कोटाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad